अनन्तको ‘अटुट प्रेम’ सार्बजनिक (युट्युबमा हेर्नुहोस्)

अनन्तको ‘अटुट प्रेम’ सार्बजनिक (युट्युबमा हेर्नुहोस्)

अनन्तप्रसाद तिमिल्सिनाले निर्देशन गरेको सर्ट फिल्म ‘अटुट प्रेम’ युट्युबमार्फत सार्बजनिक भएको छ ।

पानस मिडियाबाट रिलिज गरिएको उक्त सर्ट फिल्ममा निर्देशक तिमिल्सिना, महेश खड्का र समिया कार्कीको मुख्य भूमिका रहेको छ ।

१८ मिनेटको सर्ट फिल्मले विशेषगरी दाजुभाईबीचको आत्मिक सम्बन्धलाइ देखाउने कोशिस गरेको छ । त्यस्तै बेरोजगारीलाई पनि केही हदसम्म दर्शाउने प्रयास भएकाे छ ।

परिवारमा आपसी सद्भाव र सम्मान नहुँदा सिंगो परिवार कस्तो अवस्थामा पुग्छ भन्ने विषयलाई निर्देशक तिमिल्सिनाले दृश्यमार्फत देखाउने प्रयास गरेका छन् ।

फिल्ममा निर्देशक तिमिल्सिना दाईको भूमिकामा छन् । महेश खड्काले भाइको भूमिका निर्वाह गरेका छन् भने समिया खड्का नवविवाहित बुहारीको भूमिकामा छिन् ।

तारा थापा किम्भेले सम्पादन गरेका उक्त फिल्म अनन्त तिमिल्सिनाले नै लेखेका हुन् । फिल्मलाई खुशी तिमिल्सिना र अरोज तिमिल्सिनाले निर्माण गरेका हुन् ।

Comments