सोनाक्षी सिन्हा अभिनित फिल्म ‘खानदानी शफाखाना’ विवादमा परेको छ । दिल्लीका यौनविज्ञ डा. विजय एबोटले हाईकोर्टमा स्टे अडर फाइल गरेका छन् । जसमा फिल्म रिलिजमा रोक लगाउने माग गरिएको छ । फिल्म अगस्ट २ देखि प्रदर्शनमा आउँदै थियो ।
डा. विजय एबोटले टि सिरिज र फिल्मका निर्देशक शिल्पी दासगुप्तालाई नोटिस पठाएका छन् । भारतिय मिडियामा आएका समाचार अनुसार डा. एबोटले सेन्सर बोर्ड अफ फिल्म सर्टिफिकेशनलाई एक लेटर पठाएका थिए । १८ जुलाईमा लेखेको लेटरमा डा. एबोटका बाबु डा. हकिम हरी किशन लालको प्रख्यात खानदानी शफाखानालाई अवैध तरिकाले प्रयोग गरिएको छ । साथै डा. हकिमको तस्बिरलाई पनि अवैध रुपमा फिल्मको ट्रेलरमा प्रयोग गरिएको छ । जसले कपिराइट एक्टको उल्लंघन गरेको छ ।’
यस फिल्ममा सोनाक्षीले सेक्सोलोजिस्टको भुमिका निर्वाह गरेकी छन् । उनले फिल्ममा खानदानी शफाखाना नामको क्लिनिक चलाएकी छन् । विवादपछी फिल्मको दोस्रो ट्रेलर सार्वजनिक गरिएको छ । जसमा डा. हकिम हरी किशन लालको तस्बिर हटाइएको छ ।
Comments