विपक्षी दलहरूको सरकारमाथि दबाव : हिउँदे अधिवेशन तत्काल बोलाउन माग
काठमाडौं । संसद्को हिउँदे अधिवेशन चाँडो बोलाउनका लागि विपक्षी ६ दलहरूले सरकारलाई दबाव दिएका छन् । उनीहरूले सरकारको अध्यादेशमार्फत स्वेच्छाचारी ढंगले सञ्चालन गर्ने प्रवृत्तिका बारेमा चिन्ता व्यक्त गर्दै नियमित अधिवेशन नबोलाउने कुरामा असन्तुष्टि जनाएका हुन्।
सामूहिक बैठकपछि माओवादी केन्द्रका महासचिव वर्षमान पुनले भने, ‘सरकारले संसद् अधिवेशन नबोलाएर अध्यादेशको माध्यमबाट सरकार चलाउने प्रयास गरिरहेको छ,जसले लोकतान्त्रिक प्रक्रिया र संसदीय प्रणालीलाई कमजोर पार्नेछ।’
उनले थपे, ‘हिउँदे अधिवेशन बोलाएर कानून निर्माण र जनताको चासोका विषयमा छलफल गर्न आवश्यक छ। यदि सरकार नियमित अधिवेशन बोलाउन असफल भयो भने, हामी विशेष अधिवेशनको माग गर्न तयार छौं।’
Facebook Comment