चितवनमा प्रहरीले एक युवकलाई निर्घात कुटपिट गरेको भिडियोबारे अनुसन्धान सुरु
चितवन । चितवनको भरतपुर महानगरपालिकाको बाइपास सडकखण्डमा प्रहरीले एक युवकलाई निर्घात कुटपिट गरेको भिडियो यतिबेला सामाजिक संजालमा भाइरल भईरहेको छ । उक्त घटनाको छानबिन गर्न समिति गठन गरिएको छ।
प्रहरीले युवकलाई माथिको पावर देखाउने ? भन्दै कुटपिट गरेको दृश्य सामाजिक सञ्जालमा भाइरल भिडियोमा देख्न सकिन्छ । भिडियोमा प्रहरीले रातको समयमा मोटरसाइकल चेकिङ गर्दा युवकलाई लात्ती हानेर लडाएर थप प्रहार गरेको देखिन्छ। युवक भाग्न खोजे पनि प्रहरीले पछ्याउँदै कुटपिट गरेका थिए।
जिल्ला प्रहरी कार्यालय चितवनका एसपी गौतम मिश्रका अनुसार घटनाबारे छानबिन गर्न डीएसपी ज्ञानकुमार महतोको नेतृत्वमा तीन सदस्यीय समिति गठन गरिएको छ। घटनाबारे विस्तृत जानकारी प्राप्त भएपछि आवश्यक कदम चालिने उनले बताए।
यस बीचमा केन्द्रीय प्रहरी प्रवक्ता दिनेश आचार्यले भने उक्त भिडियो पुरानो रहेको दाबी गरेका छन्।
Facebook Comment