सोलुखुम्बु : हेलिकप्टरमार्फत नवजात शिशु र सुत्केरी आमाको उद्धार

सोलुखुम्बु । सोलुखुम्बुको थुलुङ दूधकोसी गाउँपालिका–६ मुक्लिबाट नवजात शिशु र आमाको उद्धार हेलिकप्टरमार्फत गरिएको छ।

२१ वर्षीया शर्मिला बस्नेत र उनको नवजात शिशुलाई आज बिहान नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको हो।

मङ्गलबार थुलुङ दुधकोसी अस्पतालमा शिशुको जन्म भए पनि स्वास्थ्य जटिलता देखिएपछि उद्धार गरिएको जानकारी स्थानीय प्रशासनले दिएको छ।

राष्ट्रपति महिला उद्धार कार्यक्रमअन्तर्गत स्वास्थ्य उपचारका लागि आमा र बच्चालाई काठमाडौँको थापाथलीस्थित प्रसूतिगृहमा भर्ना गरिएको प्रमुख जिल्ला अधिकारी अनोज कुमार घिमिरेले बताए।




Leave a Reply

Your email address will not be published. Required fields are marked *