ट्रम्पको आप्रवासन नीतिका कारण ३,००० भन्दा बढी नेपाली ६ महिना भित्रै अमेरिकाबाट फिर्ता हुने अनुमान

काठमाडौं : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दोस्रो कार्यकालको शपथपछि लागू भएका आप्रवासनसम्बन्धी कडा नीतिहरूका कारण आगामी ६ महिनाभित्र ३,००० भन्दा बढी नेपालीले अमेरिका छोड्नुपर्ने अवस्थामा देखिएको छ।

गैरकानूनी रूपमा अमेरिकामा बसोबास गर्ने र कानूनी प्रक्रिया कमजोर भएका नेपाली नागरिकहरू यस नीतिका कारण प्रभावमा पर्ने छन्। अमेरिकाबाट प्रकाशित समाचार पोर्टल नेपयोर्कका अनुसार सन् २०१५ जुन २४ पछि अमेरिका आएका बहुसंख्यक नेपाली स्वदेश फर्किनुपर्ने स्थितिमा रहेका छन्।

पछिल्ला चार वर्षमा अमेरिकाले १०३ नेपालीलाई स्वदेश फिर्ता गरेको छ । जसमा २०२१ मा ३८, २०२२ मा २४, २०२३ मा २५ र २०२४ मा १६ जना रहेका छन्। यस अवधिमा, अमेरिकासहित अन्य देशबाट कुल ४,००० नेपाली फिर्ता भएका छन्।

भारतीय विदेशमन्त्री एस. जयशंकरले अमेरीकामा गैरकानूनी बसोबास गर्ने भारतीय नागरिकलाई फर्काउन तयार रहेको बताएका छन् । तर नेपालका परराष्ट्र मन्त्रालयबाट यस बारेमा कुनै प्रतिक्रिया सार्वजनिक भएको छैन।




Leave a Reply

Your email address will not be published. Required fields are marked *