गायिका द्वय मिना निरौला र मञ्जु पौडेलले स्वर रहेको तीज गीत ‘बर्गर पिज्जा’को भिडियो सार्वजनिक भएको छ । जेवी घले (सम्योगी)को शब्दमा बाबुल गिरीको संगीत रहेको उक्त तीज गीतको भिडियोमा कलाकार उमा वेवी गिरी र रोमा गिरीको अभिनय रहेको छ । भिडियोमा गायिका द्वय मंजु र मिना समेतलाई फिचर गरिएको छ । उमा वेवी निर्माता रहेको उक्त भिडियोमा शिव ढकालको छायांकन, तारा प्रकाश (किम्भे)को सम्पादन रहेको छ भने कोरियोग्राफी तथा निर्देशन कमल राईले गरेका हुन् ।
Comments