धनगढी उपमहानगरपालिका-३ शहीद गेटमा शक्तिशाली बम विष्फोट हुँदा ५ जना घाइते भएका छन् । घाइते मध्ये १ जनाको अवस्था गम्भिर छ । घाइते हुनेमा बझाङका राम सिंह, कञ्चनपुरको बेलौरी -५ का लक्ष्मण सेरला, मोविन खान, जितेन्द्र यादव र धनगढी-४, बोराडाडीका निलम होटल सञ्चालक केशवराज पाण्डे छन् ।
प्रहरीलाई सिलिण्डर विष्फोटको सूचना आएको थियो । तर, शक्तिशाली बम वस्फोट भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ । घटनास्थलमा ९ एमएमको पेस्तोल समेत भेटिएको प्रहरी महानिरीक्षकको सचिवालयका एसपी रमेश थापाले जानकारी दिए ।
अहिले घटनास्थलमा जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक (एसपी) सुदिप गिरी नेतृत्वको टोली पुगेको छ । गिरीका अनुसार टिफिन बक्समा राखिएको वस्तु पड्किएको प्रारम्भिक छानबिनबाट देखिएको छ ।
घाइतेहरूको स्थानीय मेट्रो अस्पतालमा उपचार भइरहेको छ ।
Comments