कुञ्ज नाटकघरमा ‘टिका’ भाद्र २० बाट

कुञ्ज नाटकघरमा ‘टिका’ भाद्र २० बाट

काठमाडौं – ऐक्य हेभन अफ आर्टको प्रस्तुति रहेको नाटक ‘टिका मञ्चन हुने भएको छ ।

यहि भाद्र २० गते देखि मञ्चन हुने उक्त नाटकमा नेपाली युवाहरु विदेश पलायन हुँदा अथवा मुग्लान पस्दा त्यहाँ भोग्नु परेको पिडालाई प्रश्तुत गरिने छ ।

नेपालीहरुको महान् पर्व बडादशैँमा छोरोको पर्खाइमा बसेकी बुढि आमा अनि श्रीमती र बालख छोरोको पिडा नाटकमा हेर्न सकिने छ । नेपाली युवाहरु बिदेश जानुपर्ने बाध्यता र त्यहाँ नेपाली भएका कारण भोग्नु परेको पीडा कस्तो हुन्छ भन्ने कुरा नाटकमा हुनेछ ।

भिमनिधी तिवारीको लेखन रहेको टिकालाई संगित सापकोटाले निर्देशन गर्ने छन् । दिलिप खड्काले प्रोडक्सन डिजाईन गरेको टिका काठमाडौंको थापागाउँस्थित कुन्ज नाटक घरमा यहि भाद्र २० गतेदेखि ३१ गतेसम्म साँझ ५:३० बाट नियमित मञ्चन हुने छ ।

नाटकमा श्रवण रानामगर, दिपेश काफ्ले, विनीता गुरुङ्ग, सारदा अधिकारि, राजकमल फकिर, सविन भट्टराई, न्युहँज महर्जन, मणिराज पौडेल, आनन्द महतको अभिनय रहने छ ।

हाल कुञ्ज नाटकघरमा नाटकको तयारी भइरहेको छ ।

Comments