१९७४ एडीको ‘माया बिसाउने चौतारी’ (भिडियो)

१९७४ एडीको ‘माया बिसाउने चौतारी’ (भिडियो)

चर्चित नेपाली ब्यान्ड ‘१९७४ एडी’को ‘माया बिसाउने चौतारी’ गीतको भिडियो यूट्युबमा सार्वजनिक भएको हो।लामो समयको अन्तरालपछि १९७४ एडीका सदस्यहरुले एक हुँदै नयाँ गीत दर्शक श्रोतामाझ पस्केका छन ।

गीतको शब्द, स्वर ब्यान्डकै मुख्य गायकमध्ये एक फिरोज स्याङ्देनको रहेको छ । गीतमा निराकर याकथुम्बोले बास, एड्रियन प्रभानले स्वर, ड्रम र ब्लुज हार्प, मनोजकुमार केसीले गितार र किबोर्ड र सञ्जय श्रेष्ठले पर्कसन र क्याक भोकलमा साथ दिएका छन् ।

गीतको भिडियोमा ब्यान्ड मेम्बर्सलाई नै फिचर्ड गरिएको छ । भिडियोलाई ब्यान्डको आफ्नै युटयुब च्यानल १९७४ एडीबाट सार्वजनिक गरेको छ।

Comments