महिला फुटबलमा नेपालको स्वर्ण जित्ने सपना अधुरै

महिला फुटबलमा नेपालको स्वर्ण जित्ने सपना अधुरै

१३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत महिला फुटबलको फाइनल खेलमा भारतसँग २-० ले पराजित भएपछि नेपालको स्वर्ण जित्ने सपना अधुरै बनेको छ ।

पोखरा रंगशालामा भएको खेलमा खेलको १८ औं मिनेटमा गोल गर्दै भारतलाई अग्रता दिलाएकी बालादेवीले ५५ औं मिनेटमा टिमको अग्रता दोब्बर बनाएकी थिईन।

समुह चरणमा भारत समुह विजेता र नेपाल उपविजेताको रुपमा फाइनल प्रवेश गरेका थिए । साग फुटबलमा नेपाली टोलीका लागि संधै भारत नै तगारो बन्दै आएको छ। यस सगै महिला फुटबलमा नेपाल पुन: स्वर्ण जित्ने सपना सपनानै बनेको छ ।

Comments