‘लक्का जवान’को शिर्स गीत ‘मन त मेरो लक्का जवान’ सार्वजनिक

‘लक्का जवान’को शिर्स गीत ‘मन त मेरो लक्का जवान’ सार्वजनिक

बहुप्रतिक्षित फिल्म ‘लक्का जवान’को शिर्स गीत ‘मन त मेरो लक्का जवान’ आज सार्वजनिक भएको छ। डीपी खनालको शब्द रहेको गीतमा बाबुल गिरीको संगीत र स्वर रहेको छ। बाबुल गिरीलाई स्वरमा साथ दिएकी छिन् मिना निरौलाले।

लोक लयमा रहेको फिल्मको सार्वजनिक मुख्य गीतमा कविराज गहतराजको कोरियोग्राफी रहेको छ भने भिडियोमा दिलिप रायमाझी, प्रियंका कार्की, सलोन बस्नेत, बर्षा सिवाकोटी, किरण केसी, राजाराम पौडेल, सरोज खनाल, शिवहरी पौडेल आदि कलाकारले नृत्य गरेका छन्। उक्त गीतमा फिल्ममा रहेका सम्पूर्ण मुख्य कलाकारलाई समेटिएको छ ।

शिवहरी पौडेलको लेखन, निर्देशन, कथा र पटकथा एवं संवाद रहेको फिल्म लक्का जवान चैत २१ गतेदेखि प्रदर्शनमा आउँदैछ ।

Comments