२० वर्ष अघीदेखि एनटिसी मा सुनिने अनुपमाको आवाज

२० वर्ष अघीदेखि एनटिसी मा सुनिने अनुपमाको आवाज

२० वर्ष अघी अनुपामाले ३३ वर्षको उमेरमा रेकर्ड गरेको त्यो आवाज अहिले उनी ५१ वर्षको उमेरसम्म अैइपुग्दा पनि NTC प्रयोगकर्ताको मोबाईलमा उसैगरी बजिरहेको छ ।

पेशाले नेपाल विद्युत प्राधिकरणमा जागिरे उनले २०५८ सालतिर यो आवाज रेकर्ड गराएकी हुन् । त्यसबेला दूरसंचारले मोबाइल ल्याउने तयारी गर्दै गर्दा मिठो आवाजको खोजी भएको थियो । ‘मैले चिनेको एक जना दाइले जानकारी दिनुभयो तिमी पनि भ्वाइस पठाउँ भनेर,’ उनले भनिन्, ‘मेरो आवाज चयन भयो र रेकर्ड गरियो ।’

तीन दशकभन्दा विद्युत प्राधिकरणमा काम गरेसकेकी उनलाई टेलिकम पनि उत्तिकै प्यारो लाग्छ । ‘मेरो आवाजले मलाई टेलिकमसँग जोडेको छ,’ उनले भनिन्, ‘यसले प्रगति गर्दा मलाई मेरै संस्थाले प्रगति गरेजस्तै खुसी लाग्छ ।’

Comments