वर्षा र पुष्पको अन्तर्वार्तामै झगडा, पुष्पले वर्षालाई यसो भनेपछि सुरु भएको थियो झगडा….

वर्षा र पुष्पको अन्तर्वार्तामै झगडा, पुष्पले वर्षालाई यसो भनेपछि सुरु भएको थियो झगडा….

यो पानिः अभिनेत्री नीताको निर्देशनमा हरिहरले ‘द हरिहर अधिकारी शो’ ल्याउँदै !

केही अगाडि एक भजन गीत गाएर आफूलाई गायिकाको रुपमा अगाडि ल्याएकी अभिनेत्री नीता ढुंगाना अब निर्देशकको रुपमा पनि देखिने भएकी छन् । अभिनेता तथा युवा ज्योतिष हरिहर अधिकारीले ल्याउन लागेको नयाँ शो ‘द हरिहर अधिकारी शो’ उनको निर्देशनमा आउँन लागेको हो ।

सेलिब्रेटीका वर्तमान र भविष्यको चर्चा गरिने शोमा रेखा थापा, कोमल ओली लगायत अतिथी लिएर केही भाग छायाँकन भैसकेका छन् । जसको निर्देशन नायिका निताले गरेकी हुन् ।

लामो समयदेखि कान्तिपुर टेलिभिजनमा ‘मार्गदर्शन’ कार्यक्रम सन्चालन गर्दै आएका अभिनेता तथा युवा ज्योतिष हरिहरले यसै टेलिभिजन मार्फत ‘द हरिहर अधिकारी शो’ ल्याउन लागेका हुन् ।

हुन त पछिल्लो समय फिल्म क्षेत्रमा नीता र हरिहरको प्रेमको चर्चा छ । केही बर्षदेखि एकअर्कालाई डेट गरिरहेका उनीहरुले प्रेमको बिषयमा खुलेर बोलेका भने छैनन् । तर उनीहरुको सम्बन्धले भने प्रेम ब्यक्त गरिरहेको छ । 

नीता एक भोजपुरी फिल्मको छायाँकनका लागि भारतको आगरमा पुगेको बेला हरिहर पनि उनलाई भेट्न त्यहाँ पुगेका थिए । नीतालाई भेट्न हरिहर त्यहाँ पुग्नुलाई धेरैले उनीहरुको बीच प्रेम रहेको समेत अडकल काटेका छन् ।

Comments