लामो समयदेखि प्रोडक्सनको क्षेत्रमा सक्रिय अनन्तप्रसाद तिमिल्सिना निर्देशकको रुपमा दर्शकमाझ आएका छन् ।
म्युजिक भिडियो, विज्ञापन तथा चलचित्रको प्रोडक्सनमा लामो समयदेखि काम गर्दै आएका तिमिल्सिनाले आफ्नै निर्देशनको सर्ट फिल्म ‘अधूरो प्रेम’ यूटुयुब मार्फत सार्वजनिक गरेका छन् ।
मंगलबार पानस मिडिया यूट्युब च्यानलबाट सार्वजनिक भएको उक्त सर्ट फिल्ममा दुई जना पात्रले प्रेमको नयाँ स्वरुपलाई चित्रण गरेका छन् ।
चलचित्रमा उपदेश तिमिल्सिना तथा सामिया कार्कीले अभिनय गरेका छन् । करिव १७ मिनेट लामो उक्त चलचित्र शिशिर कार्कीले लेखेका हुन् । राजेन्द्र बजगाईंको पृष्ठभूमि संगीत रहेको यो चलचित्रमा रवि श्रेष्ठको भ्वाइस ओभर सुन्न सकिन्छ ।
खुशी तिमिल्सिना तथा अरोज तिमिल्सिनाको निर्माणमा तयार भएको यो चलचित्रलाई रामकुमार केसीले छायांकन गरेका हुन् । टेकेन्द्र शाह यसका सम्पादक हुन् ।
Comments