मस्तिष्कघात पिडितको आमा भन्छिन्- मेरो छोरालाई बचाइदिनुस् ! (भिडियो सहित)

मस्तिष्कघात पिडितको आमा भन्छिन्- मेरो छोरालाई बचाइदिनुस्  ! (भिडियो सहित)

मस्तिष्कघात पीडित गोरखाका १५ वर्षीय मनिस परियार अहिले बानेश्वमा रहेको हिमालयन अस्पतालमा उपचाररत छन् । उनकी आमा सिता परियारका अनुसार उनी जन्मँदा सकुशल राम्रो जन्मेका थिए । ५ /६ महिना पछि अचानक ज्वरो आयो ज्वरो आए लगत्तै अस्पताल भर्ना गरियो डाक्टरले मनिसलाई निमोनिया भएको जानकारी दिएका थिए । उपचारको क्रममा दिनप्रतिदिन उनको स्वास्थ्य अवस्था नाजुक हुदैं गयो । केही समयपछि उनलाई आइसियुमा राखियो छोराले राम्रो उपचार पाइराखेको छ आइसियुमा पनि राख्यो अब त मेरो छोरा ठिक हुन्छ भन्ने पुरै विश्वस्त थिइन सिता परियार ।

आइसियुमा राखेको छोराको अवस्थामा केही सुर्धार नआएपछि अस्पतालबाट धर लग्न अनुरोध गरियो उनी भक्कानिएर रुँदै भन्छिन् मैले छोराको आस मारेर अक्सिजन सहित त्यहाँ बाट छोरा लिएर हिँडे । विभिन्न औषधी उपचार र धामीझाक्री लगाएपछि छोराको स्वास्थ्यमा थोरै सुर्धार आएको उनी बताउँछिन् । उनले थपिन छोरा ठिक भएको खुसी मनाउन नपाउदैं छोराको अवस्था फेरी नाजुक हुदैं गयो । आफनो आर्थिक अवस्था नाजुक भएका कारण उपचार गर्न असमर्थ थिए । थोरै जग्गा थियो त्यो बेचेर यहाँ सम्म ल्याए अब त सम्पत्तिको नाममा एउटा घर मात्र छ । उनले देश विदेशमा रहनुहुने सम्पूर्णमा सहयोगको अपेक्षा गर्दै आफनो छोरा बचाइदिन अनुरोध समेत गरेकी छन् । 

Comments