हेर्नुस् कस्तो बन्यो स्वस्तिमाको ‘ऐंचो पैंचो’को ट्रेलर?

हेर्नुस् कस्तो बन्यो स्वस्तिमाको ‘ऐंचो पैंचो’को ट्रेलर?

‘ऐंचो पैंचो’ फिल्मले आफ्नो ट्रेलर सार्वजनिक गरेको छ। 

यही भाद्र १४ गते रिलिज हुने फिल्मले आज सोमबार राजधानीमा  एक कार्यक्रमका बीच फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो ।

फिल्मको ट्रेलर रिलिज कार्यक्रममा नेकपा एसका नेता एवंम् पूर्व पर्यटन तथा संस्कृती मन्त्री प्रेम बहादुर आले प्रमुख अतिथिको रुपमा उपस्थित थिए । 

ट्रेलर हेरेपछि उनले पछिल्लो समय नेपालमा चलिरहेको राजनितिक अस्थिरतालाई फिल्मले उठान गरेकाले आफ्नो मन छोएको बताए । 
फिल्मको  ट्रेलर उत्कृष्ट बनेको उनको भनाइ थियो।

ट्रेलरले फिल्म राजनीति सेरोफेरोमा घुमेको संकेत गरेको छ, योसँगै फिल्मले प्रेमलाई पनि आफ्नो विषयवस्तु बनाएको छ। 

फिल्मको २ मिनेट ३० सेकेण्ड लामो ट्रेलरमा प्राय सवै कलाकारलाई स्थान दिइएको छ । फिल्मका केही संवादले दर्शकको ध्यान खिच्न सक्ने देखिन्छ । 

फिल्मका यसअघि सार्वजनिक टिजर र गीतले दर्शकको राम्रो साथ पाएकाले पनि ट्रेलरले अझै धेरै दर्शकलाई हलसम्म तान्ने विश्वास निर्देशक कृषा चौलागाईले लिएकी छन् ।

फिल्ममा स्वस्तिमा खड्का, मुकुन भुषाल, बर्षा राउत, सुशिल सिटौला, कोशिस क्षेत्री, रमेश बुढाथोकी, राजाराम पौडेल, बुद्धि तामाङ, रविन्द्र झा, सरिता गिरी, विशाल पहारी लगायतका कलाकारको अभिनय रहेको छ । 
केपी फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्ममा प्रितम लामिछाने र आध्या लामिछाने निर्माता र विशाल चौलागाई सह-निर्माताको रुपमा रहेका छन् । 

फिल्ममा अभिमन्यु निरवीको कथा, पुरुषोत्तम प्रधानको छायांकन, कविराज गहतराजको कोरियोग्राफी, शुजिल कर्माचार्यको पाश्र्व संगीत, रेनिश फागोकको कलर, सत्यम राणको भिएफएक्स, मुकेश शाहको साउण्ड डिजाइन, भोला सुवेदी (प्रनव) प्रोडक्सन कन्ट्रोलर, विनय राज पौडेलको मुख्य सहायक निर्देशक र विपिन मल्ल र भुपेन्द्र अधिकारीको सम्पादन छ ।

 

Comments