एलन मस्ककै मार्गमा मार्क जुकरबर्ग : फ्याक्ट चेक नीति हटाउँदै

काठमाडौं । मेटा (फेसबुक, इन्टाग्राम लगायतका प्लेटफर्म) का प्रमुख मार्क जुकरबर्गले एक महत्त्वपूर्ण निर्णय लिएका छन् । उनले अब फेसबुक र इन्टाग्राममा फ्याक्ट चेकको प्रक्रिया बन्द गर्ने घोषणा गरेका हुन्। यसको सट्टा, मेटाले कम्युनिटी नोट्स नामक नयाँ पहल शुरु गर्ने योजना बनाएको छ।

बीबीसीका अनुसार मंगलबार एक भिडियो सन्देश जारी गर्दै जुकरबर्गले यस निर्णयको बारेमा जानकारी दिएका छन्।

यससँगै जुकरबर्गले फेसबुक र इन्टाग्रामलाई पुनः नागरिक सामग्रीको पुरानो प्लेटफर्मको रूपमा फर्काउने योजना बनाएका छन्। डोनाल्ड ट्रम्पको समर्थनका सामग्रीहरुको मात्रै फ्याक्ट चेक गरिएको र अरुको नगरिएको आरोप खेपेको फेसबुकले ट्रम्प राष्ट्रपति भएपछि नयाँ लाइन समातेको हो ।

कम्युनिटी नोटले कसरी काम गर्छ

कम्युनिटी नोट प्रणालीमा प्रयोगकर्ताले पहिले नोट लेख्न अनुमति प्राप्त गर्नुपर्छ। उनीहरूले अन्य प्रयोगकर्ताका नोटहरूलाई मूल्याङ्कन गरी सही जानकारीको पुष्टि गर्ने क्षमता देखाएपछि मात्र नोट थप्न सक्नेछन् ।

तर यदि कुनै प्रयोगकर्ताका नोटहरू असहयोगी ठहरिएमा नोट लेख्ने अनुमति फिर्ता लिन सकिनेछ। यसले सामुदायिक मूल्याङ्कन प्रणालीलाई जिम्मेवार बनाउने अपेक्षा गरिएको छ ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *