कोशी प्रदेशको हिउँदे अधिवेशन माघ ७ बाट सुरु हुने
विराटनगर । कोशी प्रदेश सरकारले हिउँदे अधिवेशन माघ ७ गते बाट सुरु गर्ने निर्णय गरेको छ।
आज बिहान बसेको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को बैठकले प्रदेशको हिउँदे अधिवेशन माघ ७ देखि सुरू गर्नका लागि सिफारिस गर्ने निर्णय गरेको हो।
सरकारका प्रवक्ता र आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले बैठक आह्वानका लागि मन्त्रीपरिषद्ले सिफारिस गर्ने निर्णय गरेको जानकारी दिए।
प्रदेश प्रमुख पर्शुराम खापुङले सरकारको सिफारिसका आधारमा बैठकको आह्वान गर्नेछन्।
Facebook Comment