धरानको चारकोसे जंगलमा भरुवा बन्दुकसहित पाँच जना पक्राउ
काठमाडौं । धरान उपमहानगरपालिका–१९ को हरियाली चारकोसे जंगलबाट पाँच जना व्यक्तिहरूलाई भरुवा बन्दुक र अन्य हतियारसहित पक्राउ गरिएको छ।
शनिबार राति प्रहरी टोलीले १ थान भरुवा बन्दुक, ३ थान फलामका गोली, २ थान टोटा बन्दुकको गोली, १ थान खुकुरी र बारूदसहित पाँच जनालाई पक्राउ गरेको जानकारी प्राप्त भएको छ।
इटहरी उपमहानगरपालिका–१३ का ३५ वर्षीय ज्योतिष चौधरीसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको हो।
धरानस्थित इलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले धरानबाट रासतालतर्फ जाँदै गरेको बा.४ च ४३३ नम्बरको कारलाई जाँच गर्दा उक्त हतियार फेला पारेको हो। कारमा सवार व्यक्तिहरूलाई पक्राउ गरिएको जानकारी केन्द्रीय समाचार ब्यूरोले जनाएको छ।
प्रहरीले यस सम्बन्धमा थप अनुसन्धान जारी राखेको जनाएको छ ।
Facebook Comment