लामिछानेलाई पुन प्रहरीको जिम्मामा राख्ने अदालतको आदेश,थुनछेक बहस हुन सकेन

काठमाडौँ । काठमाडौँको स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेलाई प्रहरीको जिम्मामा राख्ने आदेश जारी गरेको छ। जिल्ला न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले सोमबार पुनः अदालतमा पेश गर्नुपर्ने शर्तका साथ उनलाई प्रहरीको जिम्मामा राख्ने निर्णय गरेको हो।

आइतबार दिनभरि उनको बयान प्रक्रिया चलेको थियो। यसपछि अदालतमा थुनछेक बहसको लागि वरिष्ठ अधिवक्ता सुशील पन्त र रमण श्रेष्ठ उपस्थित भएका थिए। तर सरकारी पक्षले लामिछानेको बयान अध्ययन नगरेको भन्दै बहस गर्न असमर्थ भएको कारण अदालतले लामिछानेलाई प्रहरीको जिम्मामा राख्ने आदेश दिएको हो।

यो निर्णयपछि पोखराबाट धरौटीमा रिहा भएका लामिछाने आजदेखि पुनः न्यायिक हिरासतमा जाने भएका छन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *