२०८१ को एसईई परीक्षा चैत ७ देखि सुरु हुने

काठमाडौं  । २०८१ सालको माध्यामिक शिक्षा परीक्षा (एसईई) आगामी चैत ७ गतेदेखि सुरु हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले आज एसईई परीक्षा तालिका सार्वजनिक गर्दै परीक्षा चैत ७ गतेदेखि प्रारम्भ हुने जानकारी दिएको हो।

परीक्षाको अवधि चैत ७ देखि चैत १९ सम्म रहनेछ र परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुनेछ।

तालिका अनुसार, पहिलो दिनको परीक्षा चैत ७ गते अनिवार्य अंग्रेजी विषयको हुनेछ। त्यस्तै चैत ८ गते अनिवार्य नेपाली, चैत १० गते अनिवार्य गणित र चैत १२ गते अनिवार्य विज्ञान विषयको परीक्षा रहेको छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *