विवाहको उमेरहद १८ वर्ष कायम गर्न संसदीय उपसमितिको प्रस्ताव

काठमाडौं । प्रतिनिधिसभाको कानुन, न्याय र मानव अधिकार समितिको उपसमितिले विवाहको कानुनी उमेर सीमा २० वर्षबाट घटाएर १८ वर्षमा ल्याउन सुझाव दिएको छ।

मधेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा कानुनी कार्यान्वयनको अध्ययन र अनुगमनपछि उपसमितिले यो सिफारिस गरेको हो।

मुलुकी देवानी संहिता, २०७४ को दफा ७० को उपदफा १ (घ) मा विवाह गर्ने उमेर २० वर्ष रहेको छ । उमेर नपुगेका केटा र केटीले विवाह गरे बाल विवाह हुने र इगोको भावनाले बाल विवाहमा जाहेरी नदिइ बढी सजाय हुने कसुर जबरजस्ती करणी, अपहरण, शरीर बन्धकतर्फ मुद्दा दायर गर्ने गरिएको हुँदा १८ वर्ष विवाह गर्ने उमेरहद कायम गर्दा उचित हुने सुझाव समितिले दिएको छ ।

लिभिङ टुगेदरमा केटाकेटी बस्ने गरेको र पछि केही कुरामा केटा र केटी दुवै वा कुनै एक पक्षको कुरा नमिल्दा उक्त कार्य समेत जबरजस्ती करणीमा जाहेरी पर्ने गरेकाले उक्त कुरा पनि कानुनमा समेटिनु पर्ने सुझाव समितिको छ ।

 




Leave a Reply

Your email address will not be published. Required fields are marked *