सुप्रिम सहकारी ठगी प्रकरणमा रवि लामिछानेसहित ४२ जनाविरुद्ध मुद्दा दायर

काठमाडौं । बुटवलस्थित सुप्रिम सहकारीमा भएको रकम ठगीको घटनामा अदालतमा नयाँ मुद्दा दायर भएको छ।

जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीले आइतबार जिल्ला अदालतमा मुद्दा दायर गरेको हो। सरकारी वकिल कार्यालयकी सूचना अधिकारी उमाकुमारी केसीले यसलाई मुलुकी फौजदारी अपराध संहिता अन्तर्गत ठगी र संगठित अपराधको आरोपमा दायर गरिएको जानकारी दिइन्।

यस प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति र पूर्वगृहमन्त्री रवि लामिछानेसहित ४२ जना प्रतिवादी रहेका छन्।

लामिछानेविरुद्ध व्यक्तिगत रूपमा २ करोड र सामूहिक रूपमा २ करोड गरी कुल ४ करोड रुपैयाँ बिगो माग गर्दै मुद्दा दायर गरिएको छ। उनको नाममा जम्मा भएको २ करोड रुपैयाँसम्बन्धी भौचर पनि बरामद गरिएको थियो। उक्त ऋण १८ चैत २०७७ मा स्वीकृत गरिएको थियो र ४ लाख सेवा शुल्क कटाएर १ करोड ९६ लाख रुपैयाँ गोर्खा मिडिया नेटवर्कको ग्लोबल आईएमई बैंकको भौचरमार्फत जम्मा भएको थियो।

सुप्रिम सहकारीको रकम अपचलनको यो दोस्रो पूरक अनुसन्धान हो। यसअघि ३ वैशाख २०७७ मा रवि लामिछाने गृहमन्त्री हुँदा सुप्रिम सहकारीका १,८३१ बचतकर्ताले ८६ करोड १८ लाख २३ हजार ७५४ रुपैयाँको हिनामिना भएको दाबी गर्दै २८ जनाविरुद्ध मुद्दा दायर गरिएको थियो। अहिले थप १४ जना प्रतिवादी थपिएका छन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *