कञ्चपुर, लमजुङ र बाँकेमा भएको सवारी दुर्घटनामा ३ जनाको मृत्यु
काठमाडौं । कञ्चनपुर, लमजुङ र बाँके जिल्लामा भएको सवारी दुर्घटनामा परेर तीन जनाको मृत्यु भएको छ ।
केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार, कञ्चनपुरको बेदकोट नगरपालिका-७ सुडास्थित सडकमा म ३ प १४७१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बिहीबार बेलुकी दुर्घटना हुँदा मोटरसाइकलमा सवार शुक्लाफाँटा नगरपालिका-१२ कालाकौडी बस्ने ३० वर्षीय हरिश खुनाको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको नवजीवन अस्पताल धनगढीमा थप उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
लमजुङको दोर्दी गाउँपालिका-६ ताजेगाउँस्थित सडकमा बा.२ क ३२६७ नम्बरको जेसीबी पल्टिएर बिहीबार बेलुकी दुर्घटना हुँदा जेसीबीमा सवार सोही ठाउँ बस्ने ३९ वर्षीय उमर जंग घलेको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको नयाँ मेडिकल कलेज भरतपुर चितवनमा उपचारको क्रममा मृत्यु भएको हो । जेसीबी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
बाँकेको कोहलपुर नगरपालिका-२ बर्दहवास्थित सडकमा भे १२ प ४२६८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई गए राति दुर्घटना हुँदा मोटरसाइकलमा सवार सोही नगरपालिका १५ चौधरीया गाउँ बस्ने २० वर्षीय अनुप भन्ने जयप्रकाश चौधरीको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको नेपालगंज मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको हो । घाइते मोटरसाइकल चालक समेत २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।
दुर्घटनाबारे स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको बताइएको छ ।
Facebook Comment